धनगढी,२९ असार । छाउगोठमा सर्पले टोकेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । शनिवार राती कृष्णपुर नगरपालिका –१ निगालीमा छाउगोठमा गोठमा सुत्न गएकी २८ वर्षीय कमला दमाईको मृत्यु भएको हो ।
छाउगोठमा सुत्न गएका बेला सर्पले गालामा टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको उनका श्रीमान पुरन दमाईले बताएका छन् ।
कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए तापनि रुढीवादी परम्पराका कारण उनी छिमेकीको घरछेउमा बनाइएको छाउ गोठमा बस्न बाध्य भएकी थिइन् ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

