कञ्चनपुरका ललित जोशी दुर्घटना प्रकरण : प्रहरी जवान नियन्त्रणमा

कञ्चनपुरका ललित जोशी दुर्घटना प्रकरण : प्रहरी जवान नियन्त्रणमा Ramaroshan
२०८२ असार २९ गते
कञ्चनपुरका ललित जोशी दुर्घटना प्रकरण : प्रहरी जवान नियन्त्रणमा

धनगढी,२९ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का ललित राज जोशी दुर्घटना प्रकरणमा एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

शुक्रवार साँझ बेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिकै लुप्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकल दुर्घटना प्रकरणमा प्रदेश प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सिद्धराज जोशी पक्राउ परेका हुन ।

दुर्घटना पछि प्रहरीले नै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जनाए पनि मृतक जोशीकी श्रीमती लक्ष्मी ठगुन्नाले प्रहरी सवार मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको जाहेरी दिएपछि प्रहरी जवान जोशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जोशी मोटरसाइकल चालक भएकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । उक्त मोटरसाइकलमा पछाडि सवार पनि प्रहरी जवान रहेका थिए । आफन्तले घटनामा संलग्न प्रहरीलाई जोगाउन दुर्घटनालाई सामान्य अनियन्त्रित घटना जस्तो देखाउन खोजिएको भन्दै आक्रोश पोखेका छन् ।