अत्तरियाबाट ट्रामाडोल क्याप्सुल सहित २ जना पक्राउ

अत्तरियाबाट ट्रामाडोल क्याप्सुल सहित २ जना पक्राउ Ramaroshan
२०८२ असार २९ गते
अत्तरियाबाट ट्रामाडोल क्याप्सुल सहित २ जना पक्राउ

 धनगढी,२९ असार । कैलालीको अत्तरियाबाट लागू औषध ट्रामाडोल क्याप्सुल सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

शनिवार साँझ लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका – २ तेघरीबाट हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय तपेश खड्का र २६वर्षीय दिक्पाल स्वार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीले तपेश खड्काको साथबाट ३१० ट्रामाडोल क्याप्सुल र दिक्पाल स्वारको साथबाट ५० क्याप्सुल बरामद गरेको जनाएको छ ।