भानु जयन्तीको अवसरमा अत्तरियामा कविता वाचन प्रतियोगिता आयोजना
धनगढी,२९ असार । कैलालीको अत्तरियामा मा।वि स्तरिय कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । आईतबार २१२औ भानु जयन्तीको अवसरमा अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा गोदावरी नगरक्षेत्रका ११ वटा विद्यालयका ११ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । जसमा सामुदायिक तर्फ सिद्धबाबा मावि गेटा, सरस्वती मावि गेटा, शैलेश्वरी मावि बडेहा, सरस्वती मावि शेहरी, दुर्गालक्ष्मी नमुना मावि अत्तरिया र दुर्गा मावि कोल्मुडा गरी ६ वटा विद्यालयका ६ जना विद्यार्थी थिए भने संस्थागत तर्फ गोदावरी पब्लिक स्कुल, लोटस आई सेकेन्डरी स्कुल, पुष्पाञ्जली इंगलिस बोर्डिङ स्कुल, सत्यवती एकेडेमी र सैनिक आवाशिय महाविद्यालय गरी ५ वटा विद्यालयका ५ विद्यार्थीहरु सहभागि थिए ।
उक्त प्रतियोगिताको निर्णायकका रुपमा तीर्थराज जोशी, पदमप्रकाश साउँद र निर्मलकुमार भण्डारी रहेका थिए । प्रतियोगितामा सत्यवती एकेडेमीका विद्यार्थी रमेश ओझा प्रथम भए भने दुर्गालक्ष्मी नमुना मावि की सन्ध्या अवस्थी दोस्रो भईन । यस्तै प्रतियोगितामा गोदावरी पब्लिक स्कुलकी रजनी ऐरले तेस्रो स्थान हात पारिन भने सिद्धबाबा मावि गेटाकी विद्यार्थी भुमेश्वरी मडैले सान्त्वना स्थान हासिल गरिन ।
प्रतियोगितामा प्रथम भएका ओझाले नगद रु. २ हजार १००, द्धितिय भएकी अवस्थीले १ हजार ६००, तृतिय भएकी ऐरले १ हजार १०० र सान्त्वना स्थान हासिल गरेकी मडैले नगद रु। ६०० रुपैया प्राप्त गरिन । त्यस्तै प्रतियोगितामा सहभागिता जनाउने बाँकी विद्यार्थीहरुलाई पनि प्रोत्साहन स्वरुप नगद रु.२०० रुपैयाका दरले वितरण गरिएको थियो ।
प्रतियोगिताका विजेता विद्यार्थीहरुलार्ई एक औपचारिक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको थियो । पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले विद्यार्थीहरुको सृजनात्मक कला बढाउनका लागि यस्ता कार्यक्रम महत्वपुर्ण हुने बताए । उनले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई कविता सृजना र वाचन मात्रै नभई शिक्षासँगै सस्कारको पनि विकास गर्न मद्धत गर्ने बताए ।
उनले भानुभक्त आचार्य नेपाली साहित्यका मेरुदण्डका रुपमा रहेको समेत बताए । ‘भानुभक्त आचार्य नेपाली साहित्यका मेरुदण्ड हुन् । वाल्मीकि रामायणको नेपाली अनुवाद गरेर उनले हाम्रो भाषामा पहिलोपटक रामायण पढ्ने अवसर दिए’ उनले भने ‘मोतिराम भट्टले उनलाई आदिकवि घोषणा गरेपछि उनी राष्ट्रसाहित्यमा स्थापित भए । यस्ता प्रतिभाको स्मरण हामी सबैको कर्तव्य हो ।’
कार्यक्रम अघि भानु जयन्तीको अवसरमा अत्तरिया बजारमा -याली समेत निकालिएको थियो । पुस्तकालय अघि देखी सुरु भएको -यालीले अत्तरिया चोकको परिक्रममा गरेको थियो । -यालीमा नगरप्रमुख भट्ट, नगरप्रवक्ता एवम् वडा नं। १ का वडाध्यक्ष गोपाल दत्त भट्ट लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

