धनगढी,३० असार । सुदूरपश्चिममा विपद्का घटनाबाट २७ जनाको मृत्यु भएको छ। प्रदेशभित्र प्राकृतिक विपदबाट बर्सेनि ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८१ ०८२ पौषमा पहिरो, चट्याङ, बाढी र भारी वर्षाका घटनाबाट २७ जनाको मृत्यु, ६२ जना घाइते र तिन जना बेपत्ता भएका छन् । सो अवधिमा पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
त्यस्तै चट्याङ लागेर १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । यसै गरी बाढीबाट ७ जनाको मृत्यु र एक जना घाइते भएका छन् । तिन जना बेपत्ता भएको पिइओसी सुदूरपश्चिम प्रदेशको तथ्याङ्कले देखाएको छ ।
दस वर्षको अवधिमा प्राकृतिक विपदबाट २२ हजार सात सय ५२ परिवार प्रभावित बन्न पुगेका छन्। आंशिक रूपमा चार हजार सात सय सात र एक हजार एक सय १४ घर पूर्ण रूपमा क्षति भएका छन्। विपदबाट दुई हजार ६ सय ८५ पशु चौपायामा क्षति पुगेको छ । पहिरो,चट्याङ, बाढी र भारी वर्षा, आगलागी लगायतका घटनाबाट दस वर्षको अवधिमा ९७ करोड ३३ लाख,२९ हजार ८९ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

