धनगढी,३१ असार । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) कैलालीले कृष्णपुर नगरपालिका –१, कञ्चनपुरका २८ वर्षीया महिला कमला आउजीको छाउगोठमा बसेका बेला सर्पको टोकाइबाट भएको मृत्युप्रति स्तब्ध भएको जनाएको छ ।
कैलाली जिल्ला इन्चार्ज रुकमणि देवकोटाले विज्ञप्ति प्रकाशित गरी छाउपडी प्रथा सुदूरपश्चिममा अझै अभिशापको रुपमा रहनु दुःखद भएको बताउँदै यस्तो कुरीति अन्त्यका लागि सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “संस्कारको नाममा यस्ता कुरीतिहरु समाजमा कायम रहनु अत्यन्तै दुःखद कुरा हो । अनेमसङ्घ, कमला आउजीको निधनप्रति गहिरो शोक प्रकट गर्दै तीन अवोध सन्तानहरुको पालनपोषण र शिक्षादिक्षाका लागि सम्बन्धित निकायसँग माग गर्दछु ।”
कुरीति र कुसंस्कार समृद्धिको बाधक रहेको चर्चा गर्दै इन्चार्ज देवकोटाले भन्नुभएको छ, “कुनै पनि नारी कुप्रथाको शिकार भई शोषणमा पर्ने, हेपिने, आकालमा मृत्युवरणसम्म गर्नुपर्ने प्रवृत्तिको अन्त्यका लागि हामी सबैको तर्फबाट पहल आवश्यक छ ।” यस्ता दुःखद घटना पुनः हुन नदिन सरोकारवाला सबैको अनेमसङ्घ कैलालीले ध्यानाकर्षण गराएको छ ।

सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

