कञ्चनपुरमा विषालु च्याउँ खाएर एकै परिवारका पाँचजना बिरामी

कञ्चनपुरमा विषालु च्याउँ खाएर एकै परिवारका पाँचजना बिरामी Ramaroshan
२०८२ असार ३१ गते
कञ्चनपुरमा विषालु च्याउँ खाएर एकै परिवारका पाँचजना बिरामी

कञ्चनपुर, ३१ असार / कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी भएका छन् । दोधारा-चाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् ।

‘भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उहाँको परिवारका पाँचै जना बिरामी परेका हुन्,’ बोहराले भने, ‘पाँचै जनाको दोधारा-चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।’