धनगढी,३१ असार । कैलालीमा ३ थान पस्तोल र जरायोको सिंहसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–९ आमबाडी बस्ने ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय बिकास कार्की र भजनी नगरपालिका–५ बस्ने ३० वर्षीय सुरेश बिक रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले दिलिप कार्कीको घरमा खानतलासि गर्दा हातहतियारसहित तीनै जनालाई सोमवार पक्राउ गरेको जनाएको छ। उनीहरुको साथबाट एनएफ बबी लेखिएको पेस्तोल १ थान, सोही पेस्तोलको गोलि ११ राउण्ड, म्यागजिन १ थान, नबिकरण नभएको २२ बोर ९हर्नेट० १ थान, सोही हर्नेटको गोली २४ राउण्ड, कटुवा
पेस्तोल १ थान, भरुवा बन्दुकको काठ १ थान, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा १ थान, मयुरको प्वाख २ गुच्चा र जरायोको सिंह ३ थान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

