धनगढी,३१ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी गरिएको छ । स्थानीयहरूले टोटी खोलामा पुल निर्माणको माग गर्दै मंगलबार बिहान नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका हुन । शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट उत्तरतर्फ लालपनीय, टोटी, पिताम्बर, स्टेसनपुर जोड्ने सडक खण्डमा पर्ने पुल दुई वर्षअघि भत्किएको भएपनि मर्मत नगरिएको भन्दै तालाबन्दी गरेका छन ।
स्थानीय मनोरथ भट्टले पुलमा यात्रा गर्न जोखिमपूर्ण रहेकाले तत्काल निर्माण गरिनुपर्ने बताए । उनले दैनिक सवारी साधनसहित पुलमाथि यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको बताए ।
यद्दपी उक्त पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । नगर प्रवक्ता लालबहादुर ऐरले प्रदेश सरकारले पुल निर्माणका लागि ३ करोड १० लाख लागतमा काठमाडौँको एसएमएम जेभी कम्पनी सँग ठेक्का सम्झौता गरेको बताए । सम्झौता अनुसार असोज देखि काम सुरु गर्ने जनाइएको छ । नगरपालिकाले आवतजावत सहज बनाउन हाल ग्राभेल हालेको जनाएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

