धनगढी,३२ असार । बझाङको थलारा गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई हाजिर नगराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय र स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो ।
गाउँपालिकाको असार ३० गते बसेको बैठकको निर्णयअनुसार, हालै लागू भएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ का प्रावधानका आधारमा करार सेवाको नवीकरण प्रक्रिया अगाडि नबढाइने जनाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याद्वारा जारी सूचनामा सेवा अवधि नवीकरणको प्रक्रिया नहुने भएकाले वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत करार कर्मचारीलाई हाजिर नगराउन सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई निर्देशन दिइएको हो ।
गाउँपालिकाको यो निर्णयसँगै करार सेवामा कार्यरत कर्मचारीले वैकल्पिक व्यवस्थाको तयारी गर्नुपर्ने सङ्केत पाएका छन् । साथै, स्थानीय तहमा स्थायी दरबन्दीबाट दक्ष जनशक्ति परिचालन गरी सेवा प्रवाह प्रभावकारी बनाउने लक्ष्य रहेको बताइएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

