लगानी तथा विकास सम्मेलनको तयारीमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

लगानी तथा विकास सम्मेलनको तयारीमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार Ramaroshan
२०८२ श्रावण ०१ गते
लगानी तथा विकास सम्मेलनको तयारीमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

 धनगढी,३२  असार  । असोज १ र २ गते लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले कोशी प्रदेशसँग अन्तक्रिर्या कार्यक्रम गरेको छ । बुधबार सुदूरपश्चिम प्रदेश सरकारले भर्चुअल माध्यमबाट कोशी प्रदेशसँग अनुभव आदानप्रदान एंव नीति तथा कानुन सम्बन्धि अन्तक्रिर्या कार्यक्रम गरेको हो ।

कोशी प्रदेशले कोशी प्रदेश लगानी सम्मेलन २०८२, बैशाख १८ र १९ गते सम्पन्न गरिसकेको छ ।सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका २७ परियोजनामा एक खर्ब ३५ अर्ब २० करोड र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड लगानीका लागि एमओयू भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, विषयगत मन्त्रालयका मन्त्री प्रमुख सचिब विषनयगत मन्त्रालयका सचिब सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनका समिति तथा उप सिमितका संयोजक तथा सदस्यहरु र कोशी प्रदेशबाट कोशी प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा। मोहन सुवेदी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानुन सचिव राजु गुरागाँई र कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। सरोज कोईरालाई अनुभव आदान प्रदान गर्नुभएको थियो ।