धनगढी,१ साउन ।कैलालीको विभिन्न पालिकाले भोलि (शुक्रबार) पालिकामा स्थानीय बिदा दिएका छन्। साउन २ गते परेको मुक्त कमैया दिवसको अवसरमा जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिने निर्णय गरेका हुन।
दिवसको अवसरमा पालिकाको कार्यालय, वडा कार्याल, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैँक तथा वित्तीय संस्थामा बिदा रहने सार्वजनिक सूचना जारी गरेर पालिकाहरूले जानकारी दिएका छन्।
बँधुवा मजदुरको रूपमा काम गर्दै आएका कमैयालाई २०५७ साउन २ गते तत्कालीन सरकारले मुक्त भएको घोषणा गरेको थियो। त्यसको खुशीयालीमा मुक्त कमैयाले हरेक वर्ष यो मितिमा कमैया मुक्ति दिवस मनाउँदै आएका छन्।
भोलि कमैया मुक्तिको २५ वर्ष पुग्दैछ। कमैयाहरू मुक्त भएको २५ वर्ष पुगे पनि उनीहरूको गाँस, बास, कपास र रोजगारीको समस्या अझै समाधान हुन सकेको छैन। पुनस्थापनाको कार्य विस्तारै भइरहेको मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले जानकारी दिनुभयो।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

