दार्चुलामा महाकाली नदीको बिचमा फसेका पुरुषको सकुशल उद्धार

दार्चुलामा महाकाली नदीको बिचमा फसेका पुरुषको सकुशल उद्धार Ramaroshan
२०८२ श्रावण ०२ गते
दार्चुलामा महाकाली नदीको बिचमा फसेका पुरुषको सकुशल उद्धार

धनगढी,१ साउन । दार्चुलास्थित महाकाली नदीको बिचमा फसेका एक पुरुषको उद्धार गरिएको छ । बिहिबार जिल्लाको महाकाली नगरपालिका – ४ खलङ्गास्थित महाकाली नदीको बिचमा फसेका बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय बिक्रम के।सी।को उद्धार गरिएको हो ।

नदीको बिच भागमा फसेका उनको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्धार गरेको बताईएको छ । उद्धार गरिएका जोशीको मानसिक सन्तुलन ठिक नभएको जनाईएको छ ।