औषधीको अनुचित प्रयोग तथा दुरुपयोग मुद्धामा फरार प्रतिवादी पक्राउ

औषधीको अनुचित प्रयोग तथा दुरुपयोग मुद्धामा फरार प्रतिवादी पक्राउ Ramaroshan
२०८२ श्रावण ०३ गते
औषधीको अनुचित प्रयोग तथा दुरुपयोग मुद्धामा फरार प्रतिवादी पक्राउ

धनगढी,२ साउन । औषधीको अनुचित प्रयोग तथा दुरुपयोग गरेको मुद्धामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार कैलालीको घोडाघोडी नगरपालिका– १ लोहारपुर बस्ने २५ वर्षिय दिपक धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीले २०८० पुष १२ गते सो मुद्धामा फैसला गर्दै धामीलाई १५ दिन कैद सजाय र १० हजार रुपैया जरिवाना तोकेको थियो । तर सो समयदेखी फरार रहेको उनलाई बिहिबार ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनकै घरठेगानाबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।