डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या

डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या Ramaroshan
२०८२ श्रावण ०३ गते
डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या

धनगढी,२ साउन । डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिलका ५४ वर्षीय करन भुल पक्राउ परेका हुन् । बिहीबार राति करनले ४० वर्षीया श्रीमती खिमादेवी भुलको घाँटीमा हँसिया प्रहार गरी हत्या गरेको आरोप छ ।

हत्यापछि फरार रहेका भुललाई गन्यापधुरा–३ गोयलखेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बरबहादुर बिष्टले जानकारी दिए ।