उच्च अदालत दिपायलद्वारा ७९.७९ प्रतिशत मुद्दा फर्छ्यौट

उच्च अदालत दिपायलद्वारा ७९.७९ प्रतिशत मुद्दा फर्छ्यौट Ramaroshan
२०८२ श्रावण ०४ गते
उच्च अदालत दिपायलद्वारा ७९.७९ प्रतिशत मुद्दा फर्छ्यौट

धनगढी,३ साउन । उच्च अदालत दिपायलले गत आर्थिक वर्ष २०८१र८२ मा अदालतमा परेका मुद्दामध्ये ६ सय ५९ थान मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत दिपायलका रजिस्ट्रार तारदत्त वडुका अनुसार गत आर्थिक वर्ष अदालतमा दर्ता भएका सात सय २७ थान र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ९९ गरी जम्मा आठ सय २६ थान मुद्दामध्ये छ सय ५९ थान मुद्दा फर्छ्यौट भइ अब एक सय ६७ थान मात्र मुद्दा विचाराधीन रहेको जानकारी दिए ।

अदालतले ०८०र०८१ मा ९० दशमलव ४४ प्रतिशत मुद्दा फर्छ्यौट गरी १० वर्ष अवधिमा सबैभन्दा बढी कार्यसम्पादन गरेको भए पनि गत वर्ष न्यायाधीश दरबन्दी अनुसार पदपूर्ति हुन नसकी एउटा इजलासले मात्र बेन्च गर्दा न्याय सम्पादनमा ७९।७९ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको उच्च अदालत दिपायलका न्यायाधीश डण्डपाणि शर्माले बताए ।

यसैगरी, आव २०८०र०८१ मा उच्च अदालत दिपायलमा जिम्मेवारी सरी आएका तीन सय ३६ र नयाँ दर्ता भएका ७ सय गरी कूल एक हजार ३६ थान मुद्दामध्ये नौ सय ३७ थान अर्थात् ९० दशमलव ४४ प्रतिशत मुद्दा फर्छ्यौट भएको बताइएको छ ।

आव २०७९र८० मा उच्च अदालत दिपायलमा जिम्मेवारी सरी आएका चार सय ८१ र नयाँ दर्ता भएका ७ सय ७५ गरी कूल एक हजार २ सय ५६ थान मुद्दामध्ये नौ सय २० थान अर्थात् ७३ दशमलव २४ प्रतिशत मुद्दा फर्छ्यौट भएको बताइएको छ । त्यस्तै, आव २०७८र७९ मा ७ सय बयानब्बे , २०७७र७८ मा पाँच सय छपन्न र आव २०७६र७७ मा तीन सय ७६ थान मुद्दा फर्छ्यौट गरेको अदालतले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै आव २०७५र७६मा पाँच सय अठार, आव २०७४र७५ मा चार सय बयासी , आव २०७३र०७४ मा दुई सय एकासी, आव २०७२र७३ मा दुई सय तीस , आव २०७१र७२ मा चार सय चौवन्न र आव २०७०र७१मा तीन सय ५८ थान मुद्दा फर्छ्यौट गरेको अदालतले तथ्याङ्क सार्वजनिक गरेको हो ।