धनगढी,३ साउन । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको भजनी नगरपालिका–७ हिक्मतपुर घाटबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३८ हजार ३७० बराबरको बिडी, सुर्ती लगायतका सामान इलाका प्रहरी कार्यालय पृथ्बिपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क, बेदकोट नगरपालिका–७ सुडा र पुनर्वास नगरपालिका–११ डोके बजार स्थित गुम्बा नजिक सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २१ लाख ७१ हजार ५१३ बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।
भन्सार छलीका मुकुट, प्लाष्टिकको फुलको माला, सुटपिस, धोती, गम्छा, चस्माको सिसा, रोलरको मोटर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

