धनगढी,३ साउन । कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। कैलालको धनगढी उपमहानगरपालिका–३ त्रिनगर पोष्ट स्थित डोटीको दिपायल सिलगडी नगरपालिका–३ बस्ने १९ वर्षीय दिपेन्द्र नेपाली पक्राउ परेका छन्। नेपालीलाई चेकजाँच गर्दा १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट भारत लखिमपुर खिरी सुडा बस्ने २५ वर्षीय कल्लु रानालाई १ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित अस्थाई प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यसैगरी जानकी गाउँपालिका–४ बेलपुरबाट सोही ठाउँ बस्ने २५ वर्षीय निरज कठरिया र २० वर्षीय अमन बडायक २ ग्राम ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

