धनगढी,३ साउन । धनगढीमा शनिबार आयोजित नेपाल – भारत मैत्री रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन । नेपाल – भारत मैत्री संघ जिल्ला कार्य समिति कैलालीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।
नेपाल – भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष एबम सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरिशंकर ठाकुरको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बिभिन्न स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेको उपाध्यक्ष ठाकुरले बताए ।
रक्तसंचार केन्द्रमा रगतको अभाव भएको जानकारी पाएपछि सुदूरपश्चिम प्रदेशका रक्तदाता सदभावना दुत दीपक उपाध्ययको समन्वयमा रक्तदान कार्यक्रम गरिएको केन्द्रीय उपाध्यक्ष ठाकुरले बताए ।
ठाकुर मोटर्स प्रालीको बिशेष सहयोगमा महिन्द्रा सोरुमको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनगढी ५ नम्बर उपशाखाको सहयोग र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा केन्द्रले प्राबिधिक सहयोग गरेका थिए ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

