प्रमुख प्रशासकीय अधिकृत कुटपिट गर्ने नगर प्रमुखका स्वकीयविरुद्ध जाहेरी
धनगढी,३ साउन । कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटपिट गर्ने नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
कैलालीको गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका ज्वाइँ समेत रहेका सहयोगी उमेश जोशीलाई प्रहरीले खोजी गरिरहेको छ।
कार्यकक्षमै रहेका बेला सहयोगी उमेशले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई कुटपिट गरेका थिए। कुटपिटपछि उमेश फरार छन्। प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूलाई कार्यकक्षमै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उमेश विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।
किटानी जाहेरीपछि प्रहरीले उमेशको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले बताउनुभयो।
गौरीगङ्गा नगरपालिकाका कर्मचारीले दोषीलाई कानुनी कारबाही र कर्मचारीलाई सुरक्षाको वातावरण तयार पार्न माग गरेका छन्। नगरपालिकाका सबै कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू स्थगन गरिएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

