सुदूरपश्चिमका स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

सुदूरपश्चिमका स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प Ramaroshan
२०८२ श्रावण ०५ गते
सुदूरपश्चिमका स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

धनगढी,४ साउन । सुदूरपश्चिमका सम्पुर्ण स्थानिय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन । प्रदेश सरकारले ल्याएको स्थानीय तह (गठन तथा सञ्चालन) ऐन २०८१ को समायोजन ऐनको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

आन्दोलित भएका स्वास्थ्यकर्मीहरुले आकस्मीक बाहेकका सेवाहरु ठप्प पारेका छन । शनिबार विज्ञप्ती जारी गर्दै स्थानिय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समिति सुदूरपश्चिमले प्रदेशका ८८ वटै स्थानिय तहहरुमा रहेका स्वास्थ्य संस्थाबाट प्रवाह गरिने आकस्मिक बाहेकका सम्पुर्ण सेवाहरु प्रवाह गर्न नसकिने जनाएको थियो । साथै उक्त विज्ञप्तीमा असार महिनाको मासिक रिर्पोट पनि प्रविष्ट गर्न नसकिने उल्लेख गरिएको छ । संघर्ष समितिका संयोजक राजेन्द्र सिँह साउँदले स्वास्थ्यकर्मीहरुको न्यायोचित माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाउदा तथा धर्नामा बस्दा पनि छलफलमा नबोलाएको हुँदा आईतबार देखी सेवाहरु बन्द गरिएको बताएका छन ।

सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनले सबैलाई समान किसिमको व्यवहार नगरेकाले आफूहरु आन्दोलनमा उत्रेको स्वास्थ्यकर्मीहरुको भनाई छ । स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरे अनुसार आफूहरूको दरबन्दी र सेवा सुविधा मिलाउनुपर्ने बताएका छन् । शुरुमा स्थानीय तहमा समायोजन गर्दा समेत स्वास्थ्यकर्मीहरुमाथि विभेद गरिएको र अहिलेको ऐनले पनि विभेद गरेको उनीहरुको आरोप छ ।