धनगढी,४ साउन । कैलालीमा एक शिक्षकको शङ्कास्पद मृत्यु भएको छ । जानकी गाउँपालिका– ४ स्थित जनता नमुना माविमा कार्यरत धनगढीको तारानगरका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी शनिबार राति टीकापुरको लोकल स्टेशन होटलमा खाजा खाइरहेको अवस्थामा एक्कासी बेहोस भएका थिए । उपचारका उपचारका लागि टीकापुर अस्पतालमा पुगाइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले घटना शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि पन्तसँगै खाजा खाइरहेका तीन जनालाई पक्राउ गरिएको बताएका छन ।
पेयपदार्थमा विषादी सेवन गराएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

