टीकापुर अस्पतालको हाताभित्रै वृद्धा मृत फेला

टीकापुर अस्पतालको हाताभित्रै वृद्धा मृत फेला Ramaroshan
२०८२ श्रावण ०५ गते
टीकापुर अस्पतालको हाताभित्रै वृद्धा मृत फेला

 धनगढी,४ साउन । कैलालीको टीकापुर अस्पताल हाताभित्र एक वृद्धा मृत फेला परेकी छिन । आइतबार उपचारका लागि अस्पताल आएकी टीकापुर नगरपालिका– १ जमराटोलकी ८८ वर्षीया हिरादेवी धामी मृत अवस्थामा फेला परेकी हुन । धामी टीकापुर अस्पतालको दक्षिण पूर्वी कुनामा मृत अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीले बताए ।

 उनले वृद्धाको शरीरमा बाह्य चोटपटक नदेखिएको बताए । वृद्धा शनिबार बुहारीसँगै उपचारका लागि भन्दै घर नजिकैको टीकापुर अस्पताल पुगेकी थिइन् ।