जिल्ला अस्पताल बैतडीमा पहिलो पटक हर्नियाको शल्यक्रिया

जिल्ला अस्पताल बैतडीमा पहिलो पटक हर्नियाको शल्यक्रिया Ramaroshan
२०८२ श्रावण ०५ गते
जिल्ला अस्पताल बैतडीमा पहिलो पटक हर्नियाको शल्यक्रिया

धनगढी,४ साउन । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ । शनिबार जिल्ला अस्पतालमा करिब ५८ र ६८ वर्षीय दुई पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको हो ।

एमडिजिपी डाक्टर पविन उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसँगै हर्नियाको शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताए । यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा सञ्चालन हुन सकेको थिएन ।