धनगढी,५ साउन । पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगर स्थित हनुमाननगर मापन केन्द्रमा ४८।८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ । विभागले उक्त वर्षा देशभरकै सबैभन्दा बढी वर्षा मापन भएकाले थप पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरि विभागले सुचना जारी गर्दै हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
विभागले थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । रासस
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

