‘बीपीको आदर्शलाई आत्मसात् गरेर सरकारले सेवा दिइरहेको छ’

‘बीपीको आदर्शलाई आत्मसात् गरेर सरकारले सेवा दिइरहेको छ’ Ramaroshan
२०८२ श्रावण ०७ गते
‘बीपीको आदर्शलाई आत्मसात् गरेर सरकारले सेवा दिइरहेको छ’

 धनगढी,६ साउन  /सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बीपी कोइरालाको आदर्शलाई आत्मसात् गरेर प्रदेश सरकारले सुशासन, सामाजिक न्याय र नागरिक केन्द्रित सेवा प्रवाह गरिरहेको बताउनुभएको छ । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सन्देश दिदैं उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्रीले बीपीको मार्गदर्शनलाई आत्मसात गर्दै प्रदेशको समृद्धि, शान्ति र समानताको यात्रालाई अगाडि बढाउने अठोट व्यक्त गर्नुभएको छ । 

बीपीको विचार र दर्शन आज पनि नेपालको लाकतान्त्रिक यात्राको मेरुदण्ड जस्तै बनिरहेको मुख्यमन्त्री शाहको भनाइ छ । उहाँले बीपीले व्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, बहुलवाद र न्यायपूर्ण समाज निर्माणको पक्षमा आफ्नो जीवन समर्पित गरेको चर्चा गर्नुभयो । 

बीपीको सपना साकार पार्न सबै तह र वर्ग एकताबद्ध हुन आवश्यक रहेको शाहले बताउनुभएको छ ।