दार्चुलामा आत्महत्याका घट्नामा बृद्धि

दार्चुलामा आत्महत्याका घट्नामा बृद्धि Ramaroshan
२०८२ श्रावण ०८ गते
दार्चुलामा आत्महत्याका घट्नामा बृद्धि

धनगढी,७ साउन । दार्चुलामा आत्महत्याका घट्नामा बृद्धि भएको छ।जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्ष २०८१्८२ मा दर्ता भएका घट्ना मध्ये सबैभन्दा धेरै आत्महत्याका घट्ना दर्ता भएका छन् ।गएको आर्थिक बर्षमा विभिन्न उमेर समुहका २१ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।दार्चुलामा सबैभन्दा बढी १९ जनाले झुन्डीएर आत्महत्या गरेका छन् ।त्यस्तै गोली हानेर १ जनाले र १ जनाले नदीमा हाम फालेर आत्महत्या गरेको उनले बताए ।

जिल्लामा आत्महत्या न्युनिकरणको लागि विभिन्न कार्यक्रम सञ्चालन भए पनि आत्महत्या गर्नेको संख्यामा भने कमी भएको छैन। स्थानीय तह देखी प्रहरी र विभिन्न संघ सस्थाहरुले आत्महत्या कम गर्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी नभएको तथ्याङ्कले देखाएको छ।