बाजुरा, ८ साउन / बाजुराको हिमाली गाउपालिका ५ किउडीबाट धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना बढी घाईते भएका छन् । मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की ७६ बर्षिया बाजा रोकाया र सोही गाउँकी ७५ बर्षिया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको स्थानिय अमलाल कार्कीले जानकारी दिएका छन् ।
किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ ज ०३३८ नम्बरको जीप दुर्घटना भएको सुचना प्राप्त भएको पत्रकार उमेश रोकायाले जानकारी दिएका छन् । जीपमा सवार यात्रुको संख्या घाईतेको विवरण आउन बाँकी रहेको रोकायाले जानकारी दिए ।
दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी लिन खोज्दा जीप दुर्घटना भएको फोनको आधारमा सुनेको र दुर्घटनाको विवरण आई नसकेको जानकारी दिए ।
प्रहरी टोली दुर्घटना स्थल तिर गैरहेको छ प्रहरी चौकीबाट ४ घण्टाको दुरीमा घटना भएकाले आधिकारीक जानकारीको लागि केहीं समय लाग्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

