कैलाली गौरीगंगामा पुस्तौंदेखि भोगचलन गर्दै आएको बस्ति नै खाली गर्न भनेपछि समस्या

कैलाली गौरीगंगामा पुस्तौंदेखि भोगचलन गर्दै आएको बस्ति नै खाली गर्न भनेपछि समस्या Ramaroshan
२०८२ श्रावण ०९ गते
कैलाली गौरीगंगामा पुस्तौंदेखि भोगचलन गर्दै आएको बस्ति नै खाली गर्न भनेपछि समस्या

कैलाली, ८ साउन /  पुस्तौंदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएका गौरीगंगा नगरपालिका-१० शान्तिटोलका ८४ परिवार अहिले चिन्तामा छन् । विसं. २०२९ देखि शान्तिटोल बासीले भोगचलन गर्दै आएको जमिन र बस्ति नै खाली गर्न भनेपछि समस्या भएको हो ।

सरस्वति सामुदायिक वन नजिक रहेको शान्तिटोल बासीले बसोबास गर्दै आएको जमिन २०७४ सालमा वनको नक्सामा समेटिएको थियो । बाबुबाजेले पुस्तौंदेखि भोगचलन गर्दै आएको जमिन वनको नक्सामा समेटिएपछि शान्तिटोल बासी दबाब र चिन्तामा पर्दै आएका हुन् । सरस्वति सामुदायिक वन नजिक रहेको शान्तिटोलमा मुक्त हलिया परिवार र कमैया परिवारका ८४ घर धुरी रहेका छन् ।

स्थानीय भोजबहादुर सार्कीले वर्षौंदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएको बताए । अहिले आएर यो जग्गा खाली गर्न भनेर डिभिजन वन कार्यालय कार्यालयको निर्देशनमा सरस्वति सामुदायिक वनका अध्यक्षले सात दिनको सूचना जारी गरेको बताए ।

उनले अहिले कहाँ जाने भन्ने समस्या परेको बताए । यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा परेकोे दुखेसो पोखे । वर्षातको समयमा नियत बस घर खाली न गरे डोजर लगाउछौ भन्दै भम्की आउने गरेको बताउदै उनले अहिले भोक र निद्रा नै हराएको बताए । राज्यले आफुहरुको उचित बासको पूर्ण रुपमा ग्यारेण्टी न गर्दा सम्म यो ठाउँ नछोड्ने उनको भनाइ छ ।

उक्त बस्तिमा सबैैभन्दा बढी सार्की, नेपाली र थारु समुदायको बसोबास रहेको छ । उनीहरु चार बिघा रहेको उक्त जमिनमा घर बनाएर भोगचलन गर्दै आएका छन् । पछिल्लो समय केही दिनयता बस्तीमै आएर जग्गा खाली गर्न धम्कीसमेत दिन थालेपछि थप तनावमा परेको निषा सार्कीको भनाइ छ ।

‘‘जग्गा खाली गराउने भन्दै धम्की आउन थालेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने रु समस्यामा परेका छौं,’’ उनले भने । शान्ति टोलवासीले विस्थापित हुनबाट जोगाइदिन सबैसँग अपिलसमेत गरेका छन् । स्थानीय शान्तिटोलवासीले पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन् ।

पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने स्थानीय समेत रहेकी कमलरी कमैया जागरण मञ्चका जिल्ला अध्यक्ष मिना कठरियाले बताए । सरकाले आफूहरूलाई न्याय दिनुपर्ने ठाउँमा उठिबाँस गर्न लागेको उनको भनाइ छ । राजनीतिक दबाबका कारण हामीहरुलाई अर्को व्यवस्था नगरेर घरमा डोजर लगाएर बेघर बनाई उठीबास लगाउन खोजिएकोे उहाँको आरोप छ ।

सरस्वति सामुदायिक वनका अध्यक्ष पदमबहादुर ऐरले जमिन खालि गर्न एक हप्ताको सूचना निकालेको बताए । उनले राज्यले अर्को व्यवस्था नभए सम्म न हटाउने भन्ने थियोे बनको क्षेत्र भित्र पर्ने जमिनमा खेतजोत गर्न थालेपनि हटाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । अब कसरी अगाडि बढ्ने भन्नेबारे स्थानीय तहसँग समन्वय भइरहेको उनले बताए ।

गौरीगंगा नगरपालिका नगर उपप्रमुख भोजबहादुर बमले १० नम्बर वडामा रहेको शान्ति बस्ति बिगत लामो समयदेखि बसिरहेको बताउदै उनले घर बाहेक भोगचलन गर्दै आएको जमिन खालि गराउने भनेर छलफल भईरहेको बताए । यता स्थानीयहरुले भने आफूहरुलाई जग्गाको व्यवस्थापन नगरे सम्म ठाउँ नछोड्ने बताएका छन् ।