कागजात किर्ते :शैल्यशिखरका नगर प्रमुखका छोरा र कृषि शाखा प्रमुख पक्राउ

कागजात किर्ते :शैल्यशिखरका नगर प्रमुखका छोरा र कृषि शाखा प्रमुख पक्राउ Ramaroshan
२०८२ श्रावण १० गते
कागजात किर्ते :शैल्यशिखरका नगर प्रमुखका छोरा र कृषि शाखा प्रमुख पक्राउ

धनगढी,९ साउन । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारी सरकारी कागजात किर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। जनकसिंह नगर प्रमुख विजयसिंह धामीका छोरा समेत हुन्। जिल्ला अदालतबाट अनुमति लिएर बुधवार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले बताए।

उनीहरूमाथि जालसाजी र सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान भइरहेको छ। कृषि शाखा प्रमुख विष्ट र भेटेरिनरी प्राविधिक धामीले मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाएर झूटा कागजात तयार गरेका थिए।

समूहको निष्क्रिय बैंक खाता सक्रिय बनाएर ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने तयारी भइरहेको अवस्थामा घटना बाहिर आएको थियो। कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा पत्राचार गरी, समूहको खाताबाट जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए।