धनगढी,१० साउन । पछिल्लो एक वर्षमा डडेलधुरामा ७७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमध्ये ६ जना पुरुष, ६ जना महिला र २ जना बालबालिका रहेका छन् ।‘सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही हो,’ ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (प्रनानि) हर्क बहादुर साउदले भने ।
प्रनानि साउदका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १४३ वटा सवारी साधनहरूलाई कारबाही गरिएको छ । नियम उल्लङ्घन गर्नेहरूबाट १५ लाख ४३ हजार एक रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
ट्राफिक प्रहरीले विभिन्न विद्यालय, यातायात व्यवसायी र सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर पनि सवारी दुर्घटनाको ग्राफ उस्तै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

