पत्रकार बमको निवासमा पुगेर प्रेस युनियन प्रदेश समिति सहित निवर्तमान केन्द्रीय अध्यक्ष सिग्देलद्वारा समवेदना
धनगढी,१० साउन । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समिति सहित निवर्तमान केन्द्रीय अध्यक्ष बद्री सिग्देल सहितको टोलीले पत्नी वियोगमा रहेका पत्रकार मिन बमको निवासमा पुगेर समवेदना व्याक्त गरेका छन् । नेपाल प्रेस युनियन डोटीका संस्थापक सचिव तथा पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका बमको धनगढी उपमहानगरपालिका–७, शक्तिनगर पुगेर समवेदना व्याक्त गरिएको हो ।
पत्नी वियोगमा रहेका पत्रकार बमलाई भेटेर नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रीय अध्यक्ष सिग्देल र प्रदेश अध्यक्ष मानमोहन स्वाँरले पत्रकार बम पत्नी शव्या शाही बमको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिका महासचिव हरिश भट्टले जानकारी दिए ।
समवेदना व्याक्त गर्न नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रीय कोषाध्यक्ष सरोज अधिकारी समेत पत्रकार बमको निवास पुगेर समवेदना व्याक्त गरेको महासचिव भट्टले जानकारी दिए । पत्रकार बमको निवासमा समवेदना ब्याक्त गर्न पे्रस युनियनका केन्द्रीय सदस्य पुष्पराज जोशी, प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवा , महा सचिव हरिश भट्ट,प्रदेश लेखा समिति संयोजक कृतबहादुर बिष्ट , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहका प्रेस सल्लाहकार डम्बर बम सहभागिता रहेको थियो ।
यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, निवर्तमान प्रदेश अध्यक्ष योगेश रावल, वर्तमान अध्यक्ष भरत शाहसमेत पत्रकार बमको निवासमा पुगेर समवेदना ब्याक्त गरेका थिए ।
प्रेस युनियन कैलालीका निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका पत्रकार महासंघका कैलाली अध्यक्ष श्रवण देउवा, प्रेस युनियन कैलाली अध्यक्ष सीताराम ओझा, सचिव शंकर बोहरा, पत्रकारहरु हरि जोशी,मोहन शाही,डबल देउवा, टेकराज जोशी र बिक्रम खड्का लगायतले समेत समवेना व्याक्त गरेका थिए ।
पत्रकार बमकी पत्नी शव्या शाही बमको गत सोमबार उपचारका क्रममा निधन भएको थियो ।

