धनगढीको वेलादेवी तालमा डुङ्गा सञ्चालन

धनगढीको वेलादेवी तालमा डुङ्गा सञ्चालन Ramaroshan
२०८२ श्रावण १२ गते
धनगढीको वेलादेवी तालमा डुङ्गा सञ्चालन

धनगढी,११ साउन । धनगढी उपमहानगरपालिका‑११ स्थित वेलादेवी धामको वेलातालमा डुङ्गा सञ्चालन गरिएको छ । ‘डुङ्गा चढ्न वेलाताल जाऔँ, पर्यटन प्रवर्धन गरौँ’ भन्ने श्लोगन सहित डुङ्गा सञ्चालन गरिएको हो । डुङ्गाको धनगढी उप‐महानगरपालिकाकी उप‑मेयर कन्दकला रानाले शनिवार एक औपचारिक र्काक्रमकाबिच उद्घाटन गरेकी छन् ।

रानाले धनगढी उपमहानगरपालिका भित्रका सांस्कृतिक तथा पर्या‐पर्यटनको सम्भावना बोकेका र धार्मिक महत्वका क्षेत्रहरुलाई प्राथमिकताका साथ पालिकाले स्तरोन्नति गरिरहेको बताइन् ।

वेलादेवी मन्दिर तथा धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष कविराज जोशीले पर्यटन प्रवर्धनमा डुङ्गा सञ्चालनले टेवा पुग्ने बताए । उनले धनगढी उप‐महानगरको सहयोगमा एक लाख ५० हजार लागतमा उक्त ‘४ सिट’ भएको डुङ्गा खरिद गरिएको बताए ।

साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको वेलादेवी मन्दिर तथा धार्मिक वन परिसरमा पर्यटक एवम् भक्तजनहरूका लागि व्यवस्थित संरचनाहरूको निर्माण गरिएको छ । धनगढीको मुख्य बजारदेखि साढे चार किलोमिटरको दुरीमा वेलादेवीपूर धाम अवस्थित छ ।