भू–उपयोग क्षेत्र वर्गीकरण नगर्दा दार्चुलाका ८ पालिकाको कित्ताकाट रोकियो
धनगढी,११ साउन । दार्चुलामा नौगाड गाउँपालिका बाहेकका अन्य ८ पालिकामा जमीनको कित्ताकाट रोकिएको छ । स्थानीय तहहरुले भू–उपयोग क्षेत्र वर्गीकरण नगर्दा साउन १ गतेबाट ८ ओटा पालिकाको कित्ताकाट रोकिएको नापी कार्यालय दार्चुलाका प्रमुख टिकेन्द्रसिंह धामीले बताए ।
भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजीम स्थानीय तहको भू उपयोग परिषदले भू उपयोग ऐन २०७६ बमोजीम भू उपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने हुन्छ ।
सरकारले २०८१ भदौ २७ मा भू–उपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असारसम्म समय दिएको थियो ।
तर नौगाड गाउँपालिका बाहेक अन्य ८ ओटा स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरण नगरेको नापी कार्यालय प्रमुख धामीले बताए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

