कैलालीमा बिच सडकमा राखिएको हाइमास्ट लाइटको पोलमा ट्रक ठोक्कियो

कैलालीमा बिच सडकमा राखिएको हाइमास्ट लाइटको पोलमा ट्रक ठोक्कियो Ramaroshan
२०८२ श्रावण १२ गते
कैलालीमा बिच सडकमा राखिएको हाइमास्ट लाइटको पोलमा ट्रक ठोक्कियो

 धनगढी,११ साउन । कैलालीको लम्की चुहा नगरपालिका – २ गणेशपुर चोकको हाई मास्ट लाइटको पोलमा ट्रक ठोक्किएको छ । शनिवार राती पूर्वपश्चिम राजमार्ग अन्तरगत बिच सडकमा राखिएको हाई मास्ट लाइटको पोलमा सुप प्र ०१००१ ख २७८१ नम्बरको ट्रक ठोक्किएको हो ।

ट्रकको ठक्करबाट पोल ढलेपछि हाइमास्ट लाइट क्षतविक्षत भएको छ । दुर्घटनामा ट्रकका सह चालक पुनर्वास नगरपालिका – ११ का सुमन सन्यासी घाइते भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

उनको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पश्चिम बाट पूर्व तर्फ जाँदै गरेको ट्रक पोलमा ठोक्किएर दुर्घटना भएको थियो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।