धनगढी र कैलारीमा गुरहीको स्थानीय सार्वजनिक विदा

धनगढी र कैलारीमा गुरहीको स्थानीय सार्वजनिक विदा Ramaroshan
२०८२ श्रावण १३ गते
धनगढी र कैलारीमा गुरहीको स्थानीय सार्वजनिक विदा

 धनगढी,१२ साउन । कैलालीको दुई पालिकामा भोलि स्थानीय सार्वजनिक विदा दिइएको छ । थारु समुदायको गुरही पर्वको अवसर पारेर धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएका हुन् । श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन थारु समुदायले गुरही पर्व मनाउने गरेका छन् ।

यसलाई बालबालिकाको पर्वको रुपमा पनि लिइने गरिन्छ । गुरही पर्व मनाएमा बालबालिकालाई रोगव्याधी नलाग्ने, गाउँघरमा कुनै दैवीय विपत्ति नआउने जनविश्वास रहेको पाइन्छ ।

यो पर्वको अवसरमा दुवै पालिकाको कार्यालय र मातहतका सरकारी कार्यालयहरु, शिक्षण संस्था, विभिन्न संघसंस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो ।