अखिल क्रान्तिकारी सुदूरपश्चिम इन्चार्जमाथि हातपात गर्ने बिष्ट पार्टीबाट निष्कासित
काठमाडौं, १२ साउन / अखिल क्रान्तिकारी सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्टमाथि कुटपिट गर्ने सोही संगठनका अर्का एक सदस्यलाई पार्टीले कारबाही गरेको छ । आइतबार दिउँसो कञ्चनपुर पार्टी कार्यालयमा हानाहान हुँदा भट्ट गम्भीर घाइते भएका थिए ।
उनलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका भुवन विष्टलाई साधारण सदस्यता समेत कायम नहुनेगरी कारबाही गरिएको हो ।
जिल्ला पार्टीले विष्टको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निष्कासित गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
भट्टको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले बताए ।
डीएसपी सागर बोहोराका अनुसार घाइते विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
पार्टी कार्यालयमा आन्तरिक छलफलका क्रममा कुटपिट भएको डीएसपी बोहोराको भनाइ छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

