बैतडी, १३ साउन / बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिरो खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सोमबारदेखि लगातार भइरहेको बर्षाका कारण जेउडे मोडमा सडकमाथिबाट पहिरो खसेको र सडक अवरुद्ध भएको भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले बताए ।
आज बिहान साढे ६ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि सवारी साधनहरु बीचबाटोमै रोकिएका छन् ।
जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।
मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेला–बेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युतको पोल समेत जोखिममा रहेको बताइएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

