दार्चुला , १३ साउन / दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । सोमबार अपिहिमाल गाउँपालिका र सामाजिक सुरक्षा कोष बीच सामाजिक सुरक्षा कोषमा आवद्ध हुने गरि ओैपचारिक सम्झौता भएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।
अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएसँंगै गाउँपालिकामा कार्यरत १ सय ५० जना भन्दा वढी करारमा कार्यरत कर्मचारी, स्वयंसेवक, शिक्षक–कर्मचारीहरुको निवृत्तिभरण, बिमा, उपचार खर्च लगायतको सुविधा पाउने उनले बताए ।
करारमा कार्यरत कर्मचारीहरु तथा शिक्षकहरुको लागि यो उल्लेखनीय कदम हुने उनको भनाइ छ ।
अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध हुने सुदूरपश्चिम प्रदेशको पहिलो पालिका रहेको अध्यक्ष बोहराले बताए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

