‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’ Ramaroshan
२०८२ श्रावण १४ गते
‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

 धनगढी,१३ साउन ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।  आज धनगढीमा आयोजित एक कार्यक्रममा उहाँले  विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था  नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, उहाँले भन्नुभयो, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”  रासस