धनगढी । धनगढीमा बैतडी समाज कैलालीले १६ औं वृहत् रक्तदानको पूर्व सन्ध्यामा रक्तदान सचेतना सहितको र्याली निकालेको छ। धनगढीको चौराहादेखि पार्कको मोडसम्म आज बिहान ७ बजे पञ्चेबाजा सहितको र्याली प्रदर्शन गरेको हो।
रक्तदानलाई प्रोत्साहन गर्ने नारा लगाउँदै बाजा गाजा सहित र्याली निकालिएको बैतडी समाजका सदस्य एवं १६ औँ बृहत रक्तदान कार्यक्रमका संयोजक वीर बहादुर महराले बताए।
उक्त र्यालीमा बैतडी समाज कैलालीका पदाधिकारी, रेडक्रसका कर्मचारी, लाइन्स क्लब अफ धनगढी आरम्भ , लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडी , दशरथ चन्द बैतडी विद्यार्थी समाज, धनगढी नमुना प्राविधिक विद्यालयका विद्यार्थी, लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।
बैतडी समाज कैलालीको १६ औं बृहत रक्तदान उद्योग वाणिज्य सङ्घ कैलालीको सहकार्यमा भोलि १७ गते बिहान देखि धनगढीको पदमा नर्सिङ कलेजको प्राङ्गणमा हुने बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए।
बृहत रक्तदान कार्यक्रमका संयोजक महराले सबैले रक्तदान गरी सहयोग गर्न हुन समेत अपिल गरेका छन्।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

