धनगढी, १६ साउन / धनगढी उप-महानगरपालिका–१३,मोहनपुरस्थित मोहना–अत्तरिया ६ लेन सडकखण्डमा बिहीबार बिहान एउटा अनियन्त्रित कार डिभाइडरभित्र पसेको छ। बाग्मती प्रदेशको ०१०३१ प २४०४ नम्बरको उक्त कार अचानक नियन्त्रण गुमाउँदा सडकको बीच भागमा नगरपालिकाले हरियाली प्रवर्द्धनका लागि बनाएको डिभाइडरभित्र छिरेको हो।
घटनास्थलमा उप-महानगरपालिकाले रुख रोपेर तारजाली लगाएको थियो,जसमा कार ठोक्किएपछि डिभाइडर र तारजालीसँगै गाडीको अगाडिको भागमा पनि सामान्य क्षति पुगेको छ।
यद्यपि, दुर्घटनामा कोही पनि घाइते नभएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।स्थानीय बासिन्दाका अनुसार कार एक्कासि मोडिएर डिभाइडरभित्र पसेको देखिएको थियो। प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण गाडी अनियन्त्रित भएको देखिएको छ।
दुर्घटनापछि गाडीलाई हटाइएको छ भने डिभाइडर मर्मतको तयारी भइरहेको छ।नगरपालिकाले सार्वजनिक स्थलमा हरियाली कायम राख्न र सवारी साधनको सही सञ्चालन सुनिश्चित गर्न डिभाइडरमा रुख तथा जालीको प्रयोग गर्दै आएको छ। तर यस्ता संरचनाहरुमा अनियन्त्रित सवारी ठोक्किने घटना बढिरहेका छन्।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

