बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु Ramaroshan
२०८२ श्रावण १८ गते
बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

धनगढी,१७ साउन  / बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

 जिल्लाको डिलाशैनी गाउँपालिका ३ गिरीबगरका केशब कोलीका १३ वर्षीय छोरा किरण कोली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा संकलन गरिरहेका किरण नजिकै रहेको बिद्युतको पोलमा छोइदा गम्भीर घाइते भएका थिए । 

घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पु¥याउदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी प्रबत्ता पाण्डेयले बताए । अहिले किरणको शव भने गोकुलेश्वर अस्पतालमै रहेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रबत्ता पाण्डेयले बताए ।