धनगढी, १८ साउन/बाघको आक्रमणबाट अछाममा एक जना घाईते भएका छन । जिल्लाको ढकारी गाउँपालिका– ४ भिमड घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका– १ फलिबिसौना बस्ने ४८ वर्षिय धर्मसिँह थापा बाघको आक्रमणबाट घाईते भएका हुन ।
सोही गाउँपालिका– ४ कैलास पुगेका थापा शनिबार पुख्र्यौली घर हेर्न जाने क्रममा बाघको आक्रमणमा परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पुख्र्यौली घर हेर्न जाने क्रममा थापालाई सोही वडाको बसन्त सामुदायिक वन बोके खोलामा जंगली जनावर बाघले आक्रमण गरी घाईते बनाएको थियो ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल अछाम मंगलसैनमा ल्याईएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार थापाको बायाँ हात, घाँटी र अनुहारमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

