सवारी कारबाहीबाट चार करोड ४१ लाख रूपैयाँ राजस्व सङ्कलन

सवारी कारबाहीबाट चार करोड ४१ लाख रूपैयाँ राजस्व सङ्कलन Ramaroshan
२०८२ श्रावण १९ गते
सवारी कारबाहीबाट चार करोड ४१ लाख रूपैयाँ राजस्व सङ्कलन

कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । 

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले यो राजस्व ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट संकलन भएको जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा भन‍े यस्तो राजस्व चार करोड ८९ लाख ८७ हजार थियो । 

गत आवमा सुदूरपश्चिम प्रदेशभरिमा भएका एक हजार २०३ वटा सवारी दुर्घटनाबाट एक सय ९२ जनाको मृत्यु भएको पनि उनले बताए । प्रहरी उपरीक्षक शाहीले उक्त दुर्घटनाहरूमा दुई हजार चार जना घाइते पनि भएका जानकारी दिए । त्यस्तै सोही अवधिमा सवारी दुर्घटनाबाट १३ वटा पशुचौपायको समेत मृत्यु भएको उनको भनाइ छ । 

प्रहरी उपरीक्षक शाहीका अनुसार तीव्र  गतिका कारण सबैभन्दा बढी सात सय ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै मादकपदार्थ सेवनका कारण एक सय ३६, ओभरटेक ३२, मेकानिकल ५५, सडकरमौसमका कारण २६, चौपायाका कारण १९ र बाँकी अन्य कारणबाट सवारी दुर्घटना भएका छन् । 

ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जीप, कार, टेप्पो, मोटरसाइकललगायत दुर्घटनामा संलग्न सवारीसाधन एक हजार ७२६ वटा छन् । यस कार्यालय र मातहतका कार्यालयबाट ‘चालकसँग एक मिनेट’, ‘स्कुल सम्पर्क’, ‘अभिभावकसँग ट्राफिक प्रहरी’लगायत कार्यक्रम सम्पादन गरिएका प्रहरी उपरीक्षक शाहीले उल्लेख गरे ।

उनका अनुसार पहाडी रुट गोदावारीबाट बुडर, बुडरबाट स्याउलेसम्म ‘टाइमकार्ड’ लागु गरी कडाइका साथ कार्यान्वयन गरिएको छ ।

लामो दूरीका भाडाका यात्रुवाहक बसमा दुई जना चालक भएरभएको टिसिए एप्स (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) को प्रयोग गरी चेकजाँचलाई निरन्तरता दिइएको उनले बताए