धनगढी,१८ साउन /सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बाजुराको बडीमालिकामा पूजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
उपप्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीसहित ४५ जनाको टोली बडीमालिका प्रस्थान गरेको हो।
सरकारी टोलीले बाजुराको बडीमालिका माई मन्दिरमा साउन २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलामा पूजाआजा गर्ने उपप्रमुख रानाले बताउनुभयो।
धनगढी उपमहानगरपालिकाको अगाडि रहेको वनदेवी मन्दिरमा विधिपूर्वक पूजा गरेर धनगढीको टोली बडीमालिकाको यात्रामा निस्केको छ।
चतुर्दशीका दिन हरेक वर्ष बडीमालिका माई मन्दिरमा भव्य धार्मिक मेला लाग्दै आएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

