धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले २०८२ सालको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले अट्वारीको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा दिनेगरी बिदा संशोधन गरेको हो । यसअघि, सो पर्वको अवसरमा साउन २५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको थियो ।
थारु समुदायको अट्वारी पर्व यस वर्ष भदौ ८ गते परेकाले बिदा संशोधन गरिएको छ । यस्तै, प्रदेश सरकारले असोजमा आयोजना गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलनको मिति सारेको छ ।
कार्यकारी समितिले गरेको निर्णय प्रस्तावअनुसार मन्त्रीपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते आयोजना गर्ने निर्णय गरेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

