धनगढी२२ साउन । नेपालको संविधानमा १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने प्रावधान छ तर यहाँका एक जना ज्येष्ठ नागरिकले ९७ वर्ष र एक जनाले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । दार्चुलाको लेकम गाउँपालिका–६ का ९७ वर्षीय जयानन्द नाथ र लेकम–१ की ९६ वर्षीय परुलीदेवी बोहोरालाई लागेको थियो कि यो जुनीमा नागरिकता पाउँदिनँ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले उहाँहरूको घरमै गएर नागरिकता प्रदान गरको छ । उहाँहरूले नागरिकता पाएपछि निकै खुसी हुनुहुन्छ । ९७ वर्षीय नाथले घरमै नागरिकता प्रमाणपत्र बुझ्न पाउँदा आफूलाई देशले सम्झिएको अनुभव भएको बताउनुभयो । लेकम गाउँपालिका–१ का ९६ वर्षीय परुलीदेवी बोहोराले पनि यो उमेरमा नागरिकता पाउँदा खुसी लागेको बताउनुभयो । पहाडी भेगका दुर्गम बस्तीका जनतालाई कार्यालय पुग्न गाह्रो हुने भएकाले नागरिकता लिन वञ्चित भएकालाई घरमै नागरिकता दिनका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

