धनगढी ,२४ साउन । कैलालीको धनगढीस्थित कारागारमा कैदीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । कैदीबिच भएको कुटाकुटमा धनगढीका भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
कैदीबिच भएको कुटाकुटमा ४७ जना घाइते भएका जोशीले जानकारी दिनुभयो । घाइते कैदीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कैलाली कारागारमा बिहीबारपनि कैदीबिच झगडा भएको थियो । त्यस दिनको घटनामा पनि केही कैदी घाइते भएका थिए ।
कैदीबिच झगडा भएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित प्रहरी अधिकारीले पुगेर विवाद मिलाउने प्रयास गरेका जनाइएको छ । प्रमुख जिल्ला अधिकारीको प्रयासका बावजुद कैदीबिचको झगडाले झन उग्र रुप लिएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

