धनगढी,२५ साउन ।महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता हुनुभएको छ। आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–११, ऐरीका दुई बालिका बेपत्ता हुनुभएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, भीमदत्त नगरपालिका–११का अन्दाजी ७ वर्षीया जीविता पन्त र आठ वर्षीया पानवी पन्त बेपत्ता हुनुभएको हो। शुक्रबार दिउँसो दाइसँगै नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायa उपरीक्षक सागर बोहराले बताउनुभयो।
भीमदत्त नगरपालिका ११ र १२ को सिमानाबाट नुहाउने क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको खोजी भइरहेको प्रनाउ बोहराले बताउनुभयो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत स्थानीयले बेपत्ता बालिकाको खोजी गरिरहेका छन्।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

